चुनावी प्रचारकाे अन्तिम दिन पालुङटारमा एमाले र जसपाकाे तालमेल

गोरखा, २७ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो । सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ । पालुङटारमा जसपाले पहिले नेपाली कांग्रेससँग तालमेलको सहमति गरेको थियो । तर वडा बाँडफाँटमा कुरा नमिलेपछि दुबै दल सहमतिबाट पछि हटेका थिए । पालुङटार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति