पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको पर्यवेक्षकमा नाम अस्वीकृत

काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ ।

कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए । ‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आयोगमा आएको थियो,’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमति दिन सकेनौं ।’

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ । आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो । डा. यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको आयोगबाट अस्विकृत भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति