गोरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

गोरखा, २७ बैशाख । गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् ।

उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लागेको छ । झडपमा संलग्नहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी चौकी मान्बुले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति