काठमाडाै, २७ बैशाख । लुम्बीनी प्रदेशको अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ९ का समाजसेवी महेन्द्रबाबु खनाल यतिबेला चुनावी मोर्चामा अग्रसर देखिएका छन् ।
स्थानीयस्तरमा समाजसेवा मार्फत सबैको मन जितेका खनाल मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गाको समग्र विकासको लागि गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा उमेद्वार बनेका हुन् । उनी नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको तर्फबाट चुनावी मोर्चामा होमिएका हुन् । गाउँमा विकास निर्माण देखि स्थानीयलाई सुःख दुखमा साथ दिँदै आएका खनालले वडाध्यक्ष पदमा विजयी भइ समग्र गाउँको विकासमा बाँकी समय खर्चीने योजना बनाएका छन् ।
गाउँमा स्वास्थ, शिक्षा तथा विकासका पूर्वाधार मार्फत सबै जनताको मुहारमा खुशी ल्याउने उनको अठोट छ । हालसम्म कुनैपनि विवादमा नआएका र सामाजीक रुपमा स्वच्छ छवी बनाएका खनालले विकास मार्फत नमुना वडा बनाउने उदेश्यले जनताको अग्नीपरिक्षामा हाम फालेको बताउँछन् । इमानदार, शिक्षाप्रेमी र उच्च नैतीकवान खनाल बौद्धिक एवं शिक्षा प्रेमी मानिन्छन् । शाक्षर परिवारमा हुर्किएका उनी समाज शिक्षित भयो भने मात्र गाउँको विकास संभव छद भन्ने मान्यता राख्छन् । उनका बुवा तथा हजुरबुबा पनि राजनीति मार्फत गाउँलाई साक्षर बनाउन हिजोका दिनमा अग्रसर रहेका थिए ।
प्रतिक्रिया