भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

ललितपुर । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती(३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका–३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।

कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे ।

उनले भने, “गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौँ ।”

खड्काले गाडी झन्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,“साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।”

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको बताए ।

कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार वीरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board