काठमाडौं, २७ वैशाख । नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ।
आज मध्यरातदेखि मौन अवधि सुरू हुन्छ। ‘एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ उनले भने, ‘देशभर नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’ एमालेले वडा–वडादेखि जुलुस ल्याउने तयारी पनि गरेको छ।
प्रतिक्रिया