एमालेसँग गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ताबाट कुटिए माओवादीका अध्यक्ष

रुपन्देही, २७ बैशाख । नेकपा एमालेसँग गठबन्धन गरेपछि माओवादीबाट असन्तुष्ट हुँदै आएका गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् ।कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)लाई कुटपिटबाट घाइते भएका हुन् ।कुटपिट गर्ने लिलबहादुर थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर थापाका भाइ रहेको माओवादीका स्थानीय कार्यकर्ताले बताएका छन् ।
अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पार्टीको समीक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू बेहोस भएर ढलेको केसीले बताए । त्यस पश्चात केके गरे आफूलाई केही थाहा नभएको केसीको भनाई छ । केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनकोे अनुहारमा चोट लागेको छ ।नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराइले दुई पक्षबीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाइ छ ।

कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन छ भने नेपाली कांग्रेस र जनमोर्चा गठबन्धन गरेर चुनावी मैदानमा छन् । कांग्रेसका नेताहरुले कुटाई खाने केसीकै कारण गठबन्धन बिथोलिएको बताउँदै आएका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति