काँग्रेसमा एमाले अध्यक्षलाई गाली गरेर चर्चामा आइन्छ भन्ने मान्यता देखियाे : रिमाल

काठमाडौ, २६ बैशाख । नेकपा एमालेका उप-महासचिव विष्णु रिमालले नेपाली काँग्रेसले स्थानीय चुनावका लागि एजेन्डामा बहस नै नगरेकाे बताए ।

एवीसी टेलिभिजनको कार्यक्रम ईलेक्सन वाचमा बोल्दै नेकपा एमाले उप-महासचिव रिमालले काँग्रेसले एमालेको एजेन्डालाई बङ्गाएरमा मात्र प्रस्तुत भएको बताए । उनले कार्यक्रममा गठबन्धनले आयोगले तोकेको मापदण्ड नै पालना नगरेको भन्दै उनले भने, ‘सत्ता गठबन्धनले हामीलाई फलो गरिरहेको छ। हामी एजेन्डामा बहस गरौँ भनिरहेका छौ तर उहाँहरु एजेन्डामा बहस गरि रहनुभएको छैन् ।’

स्थानीय चुनाव भनेको हामीले कुनै बतासे फूल पारेर छलफल गर्ने चुनाव नभएकाे बताए । रिमालले हाल एमालेको प्रमुख प्रतिस्पर्धी काँग्रेस मात्र रहेको बताउँदै भने, ‘माधव नेपाल जीको घोषणापत्रको कुनै अर्थ भएको जसको देशभरमा उम्मेदवार छैनन् । उहाँहरुको आफू नै रोएर हिड्नु परेकाे छ , अपमान हो भनेर हिडिरहनुभएको छ । जो आफूलाई किङ मेकर भनेर हिड्नुभएको छ, उहाँ आफ्नो घोषणापत्र नै जारी गर्नुभएन, उहाँहरुको केही बलिवुत्तो नै छैन ।

उनले माओवादीलाई संकेत गर्दै भने, ‘उहाँहरु कहिले काँग्रेस र कहिले एमालेमा मिसिने हो । मुलतः नेकपा एमालेको प्रमुख प्रतिस्पर्धा भनेको नेपाली काँग्रेससँग नै हो । तर उसले पनि गठबन्धन बनायो, ठिक छ त्यसमा हाम्रो भन्नु केही छैन । तर उनीहरुले पनि एजेन्डा बोकेर अगाडी आउन सकेन । आफु एकदम खाठी कम्युनिष्ट भन्नेहरु बोकेको काँग्रेसले सामाजिक रुपान्तरणको एजेन्डालाई मजाले राख्न सक्नुपर्ने हो । आफ्नो घोषणापत्रको दुई–तिहाई भाग चाँही एमाले र एमालेको अध्यक्षालाई गाली गरेर बितायो । बाँकी रहेको एजेन्डा पनि शब्दलाई बङ्याएर एमालेको अध्यक्षलाई गाली गरेर चर्चामा आईन्छ भन्ने मान्यतामा नेपाली काँग्रेस आएको छ । चुनावमा जनतालाई प्रशिक्षित गर्ने मौका गुमाउनुभयो ।’

रिमालले ३२ वर्षको बहुदलको सरकारमा सात वर्षको जिम्मा एमाले लिएको र जवाफदाही रहेको बताउँदै काँग्रेसले २७ वर्ष सरकारको जिम्मेवारी लिनुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति