नेपालले जिम्बाबे ‘ए’ सँग निर्णायक खेल खेल्दै

काठमाडाै, २६ बैशाख । नेपालले आज घरेलु मैदानमा जिम्बाबे ए सँगको अन्तिम तथा निर्णायक खेल खैल्दैछ ।

बिहान ९ः३० बजे त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले तेश्रो तथा अन्तिम वान डे खेल्न लागेको हो । आजको खेल जितेमा नेपालले वान डे सिरिज आफ्नो पोल्टामा पार्नेछ । नेपालले यसअघिका दुई एकदिवसीय खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाललाई जिम्बाबे एले ३ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । यसअघि भएको तीन टि २० सिरिज १–१ को बराबरीमा सकिएको थियो । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको तयारीस्वरुप जिम्बाबे एसँग अभ्यास गरिरहेको छ । अमेरिकामा हुने त्रिकोणात्मक सिरिजमा नेपालसँगै अमेरिका र ओमान रहेका छन् । ९ः३० बजे शुरु हुने खेल पिच भिजेका कारण निरीक्षण गरेपछि मात्रै शुरु हुने जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति