गोरखा, २६ बैशाख । नेकपा एमालेबाट गोरखा नगरपालिकाको मयेरका उमेदवार सम्झना देवकोटाको नेपाली कम्युनिष्ट आन्दोलनको एक इमान्दार नेतृको रुपमा चिनिन्छन ।
बिगत ३० वर्ष लामो राजनीतिक तथा समाजिक परिर्तनको योद्धाको रुपमा स्थापित उनी गोरखा जिल्लाको कम्युनिष्ट आन्दोलनको एक कर्मठ योद्धाको रुपमा समेत परिचित छिन् । गोरखा नगरपालिकाको वडा नम्बर–३, नारेश्वर, गाईखुर घर भएकी नेतृ देवकोटा बुवा दण्डपाणी देवकोटा र आमा भीमकुमारी देवकोटाको कोखबाट जन्मिएकि हुन् । बिगत ३८ भन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर होमिनु भएकी उनि वि. सं. २०४० सालमा अनेरास्वबियु विन्ध्यावासिनी मा.वि को प्रारम्भिक कमिटिको सचिव हुदै अहिले नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । वि. सं. २०४५ सालमा अनेरास्वीयु गोरखा क्याम्पसको ईकाई सहसचिव, वि. सं. २०४७ साल नेपाल कम्युनिष्ट पार्टी पार्टी सदस्यता प्राप्त, वि. सं. २०४८ सालमा अखिल नेपाल महिला संघको गोरखा जिल्लाको संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाली सकेकी छिन् ।
वि. सं. २०५४ सालबाट नेकपा (एमाले) जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेकी नेतृ देवकोटा २०६६ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भइन् । वि. सं. २०६८ मा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, बि. सं. २०७४ मा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुदै बि।स २०७८ मसिरमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्यका उनि निर्वाचित भएकी थिईन् । उमेद्वार देवकोटा हाल नेकपा (एमाले) गोरखा जिल्ला सह ईन्चार्ज , अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य समेत हुन् । स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी नेतृ देवकोटा राजनीतिक मात्र नभएर सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । उनले वि. सं. २०४६ सालमा देविस्था शिक्षक दरबन्दिमा प्राथामिक बिधालयको प्रधानाध्यापकको रुपमा समेत जिम्मेवारी सम्हाल्नु भएकी नेतृ देवकोट बि।स २०६२ सालमा नगर निर्वाचन बहिस्कारको आन्दोलनमा १५ दिन जेल जीवन बिताएकी छिन् । उनै देवकोटा यति बेला बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनावी संग्राममा होमिएकी छिन् । नेतृ देवकोटा गोरखा नगरपालिकाको मेयर पदमा चुनावी मैदानमा उत्रिएकी हुन् ।
प्रतिक्रिया