गठबन्धनलाई धुलो चटाएर एमाले पहिलो पार्टी बन्छ : अर्याल

स्याङ्जा । नेकपा एमालेका सचिव पद्यमा अर्यालले स्थानीय निर्वाचनमा गठबन्धनलाई पराजित गरेर एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।

अघिल्लो स्थानीय निर्वाचन समेत गठबन्धनलाई पराजित गरेरै एमाले पहिलो पार्टी बनेको स्मरण गर्दै उनले यसपटकको निर्वाचनमा समेत गठबन्धन धुलो चटाइदिने दावी गरे ।

नेकपा एमाले विरुवा गाउँपालिका कमिटी स्याङजाले विरुवामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै पुर्वमन्त्री समेत रहेका सचिव आर्यालले चित्तवन, काठमाडौ र पोखरा लगायतका सहरमा समेत एमाले विजयी उन्मुख रहेको जिकिर गरे ।

एक फरक प्रसंगमा गाउँ–गाउँमा विकासको सुरुवात गर्ने नेकपा एमाले भएको बताए । २०५१ सालमा नेकपा एमाले नेतृत्व मनमोहन अधिकारीको सरकारले यसको सुरुवात गरेको दावी गरेको छ । समाजिक सुरक्षा, आफ्नो गाउ आफै बनाउ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर सुरु गरिएको विकासले आज गाउ गाउमा विकासको लहर छाएको बताए ।

चुनावी सभामा बोल्दै विरुवा गाउपालिकामा एमालेको तर्फबाट उमेदवार सुर्य कुवंरले विरुवामा सवै क्षेत्रमा समानुपातिक विकास गरिने बताए ।

नेकपा एमाले विरुवा गाउपालिका कमिटि अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपाल कोइरालाको सञ्चालन र उपाध्यक्ष कल्याण पोखरेलको स्वागतमा सम्पन्न भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति