अर्वपति बिनोद चौधरी कांग्रेस जिताउने अभियानमा

नवलपुर । नेपाली अर्बपति विनोद चौधरी स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन गृहजिल्ला नवलपुरमा सक्रियतापूर्वक लागेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरी नवलपुरको घरदैलो कार्यक्रममा सक्रिय छन् । चुनावी कोणसभाहरुलाई सम्बोधन गर्दै उनी जिल्लाका दुर्गम गाउँहरुमा समेत पुगेका छन् ।

जनतासँग भेटघाट गर्दै जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले जिल्लाका सबै स्थानीय तहमा कांग्रेस जिताउने उद्घोष गरेका छन् ।

नवलपुरमा मध्यविन्दू, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिवेणी र वुलिङ्गटार गरी चार गाउँपालिका रहेका छन् ।

कांग्रेसका तर्फबाट निर्वाचनमा बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादूर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ ।

नेता चौधरीले आठवटै पालिकामा चारतारे झण्डा फहराउने र जिल्लाको विकासको गतिलाई तीव्र बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति