प्रचण्ड र आरजुलाई ओलीको कटाक्ष- ‘बजेट तिनको घरको सम्पत्ति हो ?’

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए । 

उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गरे । 

अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गरे । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेकाे सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताए । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति