दम्भ देखाए विनाश बाहेक केही हुन्नः माधव नेपाल

पोखरा, २५ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’ पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् । मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति