वैशाख २९ गतेसम्म आवत–जावतमा समस्या छैन : निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन बाहेक अन्य दिन आवतजावत गर्न कुनै बाधा नपुग्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

निर्वाचनको दिन वैशाख ३० गतेभन्दा अघि दुई–तीन दिन अघिदेखि नै हिडडुुल गर्न नपाउने भन्ने अफवाह फैलिएको भन्दै आयोगले थप स्पष्ट पारेका हो ।

आयोगले वैशाख २९ गते राति १२ बजेसम्म आवतजावतमा कुनै समस्या नहुने स्पष्ट पारेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन हुने दिन वैशाख ३० गते मात्र अनुमति लिएर मात्र यातायात साधन चलाउने व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘वैशाख २९ गते राति १२ बजेसम्म यातायात साधन प्रयोग गरेर हिडडुल गर्न मिल्छ, आचारसंहिता लागू राति १२ बजेपछि लागू हुने हो ।’

सर्वसाधारणमा भने निर्वाचनको दिनअघिदेखि नै लामो दूरी हिडडुल गर्न रोक लगाएको भ्रम पैदा भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति