प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै लेखेको अभियोगमा पत्रकार पक्राउ

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भन्दै सामाजिक सञ्जालमा लेखेको अभियोगमा दाङका एक पत्रकार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले तुलसीपुर उपमहानगर– ३ बस्ने यज्ञ बहादुर बुढालाई पक्राउ गरिएको जानकारी दिए ।

बुढाले सामाजिक सञ्जालमा लेखेका थिए– ‘हिजो सकेनन्, चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब ।’

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति