जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् ।

०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

शेषको पार्थिक शरिरलाई आइतबार दिउँसा इस्लामिक परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति