कोलकातालाई हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिायो

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो ।

कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । सुनिल नारिनेले २२ रन तथा आरोन फिन्च १४ रनको योगदान गरे ।

लखनउका आभेश खान र जासन होल्डरले ३–३ विकेट लिए ।

यसअघि पुणेमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।

लखनउका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए । यस्तै, दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।

जितसँगै लखनउ ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ११ खेलबाट ८ अंक जोडेर आठौँ स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board