ओलीको अत्याचारपछि गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।

’उनले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताए । ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ रु यहाँ पनि भोलि त्यही हालत होला,’ उनले भने । नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति