अर्घाखाँचीमा चुनाव अवधिभर मदिरा प्रयोगमा रोक

अर्घाखाँची । स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो ।

निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए ।

सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले निर्वाचन अवघिभर मदिरा प्रयोगमा कडाइ गर्ने निर्णय गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board