ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् ।

आइतबार भने उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा ओली सहभागी हुने कार्यतालिका छ । त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन् ।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुप बढेको छ ।

उनले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन् । विकास र समृद्धिका लागि भन्दै चुनावी सभालाई सम्बोधनको क्रममा जनतासँग मत माग्ने गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति