वाम–लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न आग्रह गर्दै संविधान, गणतन्त्र, संघीयता र समावेशितालाई जोगाउन कायम भएको वाम–लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

गठबन्धन देश, जनता र हितमा रहेको उल्लेख गर्दै उनले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठुलठुला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताए ।

शान्ति प्रक्रियाको कामलाई अन्तिर निष्कर्षमा पुर्‍याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताए ।

उनले भने,“कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।”

उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जाँदा महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठुलो परिवर्तन गर्न नसकेको र उनकै भाषामा ‘ठुलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पारे ।

महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उनलको भनाइ थियो । उनले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तौ वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पारे ।

“वाम–लोकतान्त्रिक गठबन्धन नै ‘नेचुरल’ थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति