सम्झौताका लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनुपर्छ : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् ।

लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभइ युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा विलय भएको क्रिमियाबारे भने केही उल्लेख गरेनन् ।

रुसले पूर्वी बन्दरगाह सहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् ।

मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेकमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठुलो उपलब्धि हुने छ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए ।

युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नका लागि २३ फेब्रुअरीसम्मको स्थिति पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board