ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् ।

अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटरविरुद्धको पहिलो संशोधन दाबीलाई उचित रूपमा आरोप लगाउँदैन ।’

सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै अकाउन्ट वा सामग्रीको सन्दर्भमा उपयुक्त कार्य गर्न अनुबन्धात्मक अनुमति दिएको फैसलामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति