मैले रेनुलाई टिकट दिनुस् भनेको हुँ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २३ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् । सत्तारढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ थियो । सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने उनले बताए ।

भोलि पनि गठबन्धन हुन्छ । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी त धेरै लचिलो हुनुहुन्छ । झगडा भयो भने भैहाल्यो भन्नुहुन्छ । हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो, देउवाले भने, मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो, मैले भनेको हो । मैले भने, हेर्नुस् राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको हो ।

काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको पनि देउवाको भनाइ थियो । यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो, देउवाले भने । पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाको भनाइ थियो ।

चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । त्यस्तै, काठमाडौंमा यातायात, फोहोरको समस्या समाधन गर्न सिर्जना संहले प्रतिबद्धता गरेकाले गठबन्धनले जिताउनुपर्ने उनले बताए ।

नेपालमा मेयर महिला नै हुनुपर्छ भन्ने दिन आउन बेर छैन,ु देउवाले भने । स्थानीय तहको विकास गर्ने महिलालाई पुरस्कार दिनुपर्ने र फेरि जिताउनुपर्नेमा हराउने काम हुन्छ रु भनेर उनले प्रश्न गरेका थिए ।

त्यस्तै राजधानी रहेको काठमाडौं महानगरपालिकामा महिला उम्मेदवारलाई हरायो भने दुनियाँले के भन्ला रु भन्ने प्रश्न पनि उनले गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति