स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते जहाज नउड्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते आन्तरिक तर्फका उडान नहुने भएको छ ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपि अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।

बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।

निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ । तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति