हत्याका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

काठमाडौँ । २०७५ सालमा एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बूको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास रहेका छन् । आरोपित दुईजना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन २०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले नैकापबाट उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति