पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

“सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन् । लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौँ र गैरदलीय चुनाव गरौँ । कुनै आकाश खस्दैन,” उनले ट्वीट गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति