आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, २३ बैशाख । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दै छ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् ।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति