केशव स्थापित ‘डेट एक्सपाएर’ ओखती : बाबुराम भट्टराई

काठमाडौं, २२ वैशाख ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको बताए।

‘हामी गठबन्धन मात्रै नभएर गोर्खाको चेलीसमेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने। अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको उनले बताए । उनले भने, ‘उहाँमा डेट एक्सपाएर ओखती हो,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको थिएँ ।

पछि उहाँ पछि निकालिनुभयो,’ उनले भने ।यस्तै उनले सिर्जना सिंहले आगाडि सारेको घोषणापत्र व्यवहारिक रहेको बताए । ‘उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्ने हुनुहुन्छ,’ भट्टराईले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति