बाढीले हनुमन्ते खोलामा निर्माणाधीन पुल भासियो (फाेटाेफिचर)

भक्तपुर, २२ वैशाख । हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । केहीदिन देखिको वर्षासँगै आएको बाढीले उक्त पुल भासिएको हो ।

मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पुलको मध्यभागमा लच्किएको छ । यो पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । ठेकेदारको लापरबाही र ढिलासुस्तीले पुलमा जहिल्यै समस्या आउने गरेको उनीहरु बताउँछन् । यो क्षेत्रमा वर्षा र प्रि–मनसुनका बेला बाढीले स्थानीयलाई हैरान पार्ने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति