मोटरसाइकलको ठक्करबाट ठाकुरबाबाका मेयर उम्मेदवार श्रेष्ठ घाइते

बर्दिया, २२ बैशाख । मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा परेको हो । श्रेष्ठ चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीका अनुसार श्रेष्ठको खुट्टामा चोट लागेको छ । घाइते श्रेष्ठलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज लगिएको छ । घाइते श्रेष्ठको दाँया खुट्टाको घुँडादेखि तलतिर भाँचिएको जानकारी दिइएको छ । ठक्कर दिने मोटरसाइकलका चालक ठाकुरबाबाका ज्ञानेन्द्रबहादुर खड्कालाई पनि समान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठ नेकपा एमालेबाट यसअघि २०७४ सालको पालिका चुनावमा मेयर पदमा विजयी भएको थियो । यही वैशाख ३० गते हुने चुनावका लागि उनले पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board