चलाउने र लोहनीलाई विप्लवको काउण्टर, दुई जना केन्द्रीय सदस्य पार्टीबाट निलम्बित

काठमाडौं, २२ बैशाख । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको हो ।

केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति