संघीयता र लोकतन्त्र रक्षाका लागि गठबन्धन गरियो : नारायणकाजी श्रेष्ठ

खाँदबारी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताएका छन् ।

बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताए ।

“पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको होइन,” उनले भने,“नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँच दलीय गठबन्धन गरिएको हो ।”

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति