चीन कूटनीतिज्ञलाई नेपालको भारतीय राजदूतमा प्रस्ताव

२१ वैशाख, काठमाडौं । भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ ।

आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो । श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्छन् । दुई वर्षअघि लद्दाखमा सुरु भएको चीनसँगको सीमा विवादको मामिलालाई सुल्झाउन श्रीवास्तवले कूटनीतिक र सैनिक संवादमा महत्वपूर्ण भूमिका खेलेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‍पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले यसै महिना भारतीय विदेश सचिवको कार्यभार सम्हालेपछि काठमाडौंमा भारतीय राजदूत पद रिक्त छ । श्रीवास्तवलाई राजदूत बनाउने सम्बन्धी कागजपत्र नेपाली परराष्ट्र मन्त्रालयमा समेत पठाइएको जनाइएको छ । श्रीवास्तवले अहिले भारतीय विदेश मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला सम्हालेका छन् । उनी चीन मामिला हेर्ने अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि उनले चीनको सांघाइमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् । ‘चीनबारेको उनको अनुभवले नेपालमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ’ हिन्दूस्तान टाइम्सले लेखको छ । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी भ्रमणमा नोपल आउनु अघि दिल्लीले काठमाडौंमा कूटनीतिज्ञ पठाउन लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति