बिदा नबसी एआइजी थापा नियमित काममा फर्किँदै

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् ।

प्रहरी महानिरीक्षक (आइजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् ।

थापा कनिष्ठ एआइजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआइजी हुन् । पहिलो वरीयतामा भने विश्वराज पोखरेल छन् ।

पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् । उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ ।

निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई बिदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति