चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

किभ । युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतबार निर्यातमा उल्लेखनीय वृद्धि भएको घोषणा गरेको थियो ।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा ऊर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन । जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्वसोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board