गुजरात पञ्जाबसँग पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पञ्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ । मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पञ्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए ।

यसअघि मुम्बइमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए । यस्तै, रिद्दिमान शाहले २१ रनको योगदान गरे । पञ्जाबका कागिसो राबडाले ४ विकेट लिए ।

जितपछि पञ्जाब १० खेलमा १० अंक जोडेर छैटौँ स्थानमा छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति