आईपीएल : पञ्जावसँग गुजरातको दोस्रो हार

काठमाडौं, २१ बैशाख । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दोस्रो हार ब्यहोरेको छ । मंगलबारको खेलमा पञ्जाव किंग्सले गुजरातलाई आठ विकेटले पराजित गर्‍यो ।

पञ्जाव किंग्सको जितमा शिखर धवनको अर्धशतक महत्वपूर्ण बन्यो । चार ओभर अगाडि नै प्राप्त जितमा पञ्जावका लागि लियाम लिभिङस्टोनले तीन छक्का प्रहार गरे । यो जितपछि पञ्जाव पाँचौं स्थानमा छ भने शीर्ष स्थानमा रहेको गुजरातको प्ले अफ यात्रा लगभग निश्चित रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले आठ विकेटमा १ सय ४३ रन बनाएको थियो । म्यान अफ द म्याच कगिसो रबाडाले ३३ रनमा चार विकेट लिएपछि गुजरात सस्तोमै समेटिएको थियो ।

जवाफमा पञ्जावले १६ ओभरमा दुई विकेट गुमाएर १ सय ४५ रन बनायो । त्यसमा धवनले ६२ रन बनाए । गुजरातका लागि भने साइ सुदर्शनले ६५ रन बनाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति