गोलबजारमा जसपा र एकीकृत समाजवादीबीच चुनावी तालमेल

सिरहा । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।

एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकाले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।

जसपाका नगर अध्यक्ष हरी नारायण यादव र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति