भोजपुरमा बागी उम्मेदवारलाई अनिश्चित कालसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही

भोजपुर, २० बैशाख । भोजपुरको सालपा सिलिछो गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका एमालेका शान्तिबहादुर अधिकारीविरुद्ध बागी उठेका दौलत कुलुङलाई एमालेले कारबाही गरेको छ । एमालेले कुलुङलाई अनिश्चित कालसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

त्यस्तै भोजपुर नगरपालिका–१२ का वडाध्यक्ष पदमा उठेका एमालेका गोपाल ताम्राकारविरुद्ध बागी उम्मेदवारी दिएका कुमार श्रेष्ठलाई पनि कारबाही गरिएको एमाले भोजपुरका अध्यक्ष शरण राईले बताए ।

श्रेष्ठलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको राईले बताए । ‘बागी बनेका दुवै जनालाई अनिश्चित कालसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो,’राईले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति