गोरखामा आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

गोरखा । गोरखा नगरपालिका–१० मा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।

उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’

सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिताविपरीत कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति