एमाले उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)बाट उम्मदेवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।

डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजाय गराइ उनले प्राप्त गरेको रकम तथा जरीबानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति