एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने– समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू

काठमाडौँ । खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।

कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भइ होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुवैले एक अर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् ।

यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो इस्युलाई ठुलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का , कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् ।

खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर, एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

“समस्यासँग भागेर समाधान हुन्छ र ? अध्यक्षज्यू ?” आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

यस्तै, उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । “चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो,” उनले भनेका छन् ।

यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यही विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुद मन्त्रीलाई भेटेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति