उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रको कारबाही

उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ ।

आसन्‍न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो ।

प्रदेश अध्यक्ष हर्क नेम्वाङले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।

प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ भने बाँकी ८ जना सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्वन गरिएको छ ।

Avatar
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board