निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताइन् । उनले भनिन्, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम रोकेर नबसौं ।”

ठुला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्यौलता सिर्जना हुने उनले बताइन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मन्त्री झाँक्रीको तर्फबाट व्यक्त प्रतिक्रियाप्रति आफूहरू उत्साहित रहेको बताए ।

उनले अन्य सम्बद्ध मन्त्रालयसँग पनि समन्वयका लागि पहल गरि दिन आग्रह गरे । अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन हुनुपर्नेमा जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति