भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् ।

गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।

उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति