एकीकृत समाजवादी स्याङजाका सचिव नेपाली एमालेमा प्रवेश

पोखरा । नेकपा (एकीकृत समाजवादी) स्याङजाका सचिव नेकपा (एमाले) प्रवेश गरेका छन् । टीकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

उनीसँगै अनेरास्ववियूका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराललगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति