चुनावमा ६ करोड खर्च भएको बताएका शशांकले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका बारेमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो ।

६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने करिब २२ लाखमात्र खर्च गरेको उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरालाले यसअघिको निर्वाचनमा पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगले जनाएको छ । तर, उनले उक्त निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिएको अभिव्यक्तिमाथि आयोगले चित्तबुझ्दो जबाफ माग गरेको थियो ।

आयोगले भनेको छ, “कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथिनै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानरकारी सम्बन्धित व्यक्तिलाई दिइ सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।”

त्यस्तै, आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको आयोगले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board