अगम विकरालको म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

खोटाङ । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भइ हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका अगम विकरालको ‘एकान्तमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो । ५ मिनेटको म्युजिक भिडियो विकराल अगम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणीन्द्र राईको एरेञ्ज रहेको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा प्रतिमा लिम्बू र मनिन्द्र लिम्बू (गोर्खा)ले अभिनय गरेका छन् । भिडियोको निर्देशन स्वयं अगम विकरालले नै गरेका हुन् ।

आपसी मतभेदका कारण श्रीमान्‌ले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई म्युजिक भिडियोमा समेटिएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । उनका करिब एक दर्जन गीत रेकर्ड भइसकेको छ । विकरालको ‘नसम्झिने बाँचासँगै’ गीत लोकप्रिय छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board